केयर रेटिङ्गस नेपालले २१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

  २०७९ कार्तिक २२ गते ९:३०     विकासन्युज

काठमाडौं । केयर रेटिङ्गस नेपालले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले सेयरधनीहरुलाई २१.०५२६३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले साधारसभा समेत आह्वान गरेको छ । कम्पनीको कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले छैठौ वार्षिक साधारण सभा मंसिर १५ गते, केयर रेटिङ्गस नेपालको दोस्रो तल्ला, स्टार मल, पुतलीसडक, काठमाण्डौंमा ३ः१५ बजे बोलाएको हो ।

सभामा सञ्चालक समितिको प्रतिवेदन २०७८÷७९ छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बासलात र आर्थिक वर्ष २०७८÷७९ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७÷८० को लागि लेखापरीक्षक नियक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.