आजदेखि बीमा प्राधिकरण

  २०७९ कार्तिक २२ गते ७:५२     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय अर्थात् नियमन गरिरहेको बीमा समिति आज मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण हुने भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।

भदौ ३१ गते प्रतिनिधि सभा अर्थात् संघिय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू हुने बीमा समितिले जनाएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी समितिलाई प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.