यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

  २०७९ कार्तिक १९ गते १७:५३     विकासन्युज

काठमाडौं । अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । शनिबार अपराह्नन आयोजित समापन कार्यक्रममा फेस्ट सम्पन्न भएको घोषणा गरिएको हो । स्टार्टप एण्ड आईडिया फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरू भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी २ जनाले आफ्नो अनुभव समेत शेयर गरेका थिए । मधेश प्रदेशबाट आफ्नो अनुभव शेयर गर्दै सञ्चित पन्तले स्टार्टअपको विकासका लागि स्टार्टअप एण्ड आईडिया फेस्ट एउटा राम्रो कदम भएको बताइन् । गण्डकी प्रदेशबाट आफ्नो अनुभव सेयर गर्दै एक्सडिजोका संस्थापक दिनेश थापाले सूचना प्रविधिको विकास र विस्तार गर्न फेस्टले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै यसअघि भएको ३ दिनको बुटक्याम्पले आफ्नो स्टार्टअपलाई अझै माथि लैजाने धेरै कुरा सिकाएको उनको भनाइ छ ।

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट १५ हजार बढीले अवलोकन गरेका छन् । समापन कार्यक्रममा बोल्दै नेपाल टेलिकमका घिमिरेले स्टार्टअप र इन्नोभेसनको विकासका लागि यस्ता कार्यक्रमलाई टेलिकमले सधैं सहयोग गर्ने जानकारी दिए ।

२ दिनसम्म चलेको फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आईडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । कार्यक्रममा आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ गर्न सकिने व्यवस्था गरिएको थियो । रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि उक्त विद्युतीय भोटिङ मेसिन राखेको छ ।

द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्यमा यसका अतिरिक्त स्टिम क्याम्प र एस्टोरोइड वर्कशप पनि आयोजना भएको थियो ।
फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भएको आयोजकले जानकारी दिएको छ ।

यस कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ । कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.