लुम्बिनी विकास बैंकले नुवाकोट बसपार्कको लागि दियो टिभी

  २०७९ कार्तिक १८ गते १५:३९     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिदुर नगरपालिकालाई टिभी र डिशहाेम सहयाेग गरेकाे छ ।

बैंकले नुवाकोटको बट्टार बसपार्कमा टिभी राख्नको लागी शाखा कार्यालय बट्टार मार्फत बिदुर नगरपालिका का नगर प्रमुख राजन लाल श्रेष्ठलाई ४३ इन्चको रङ्गिन टेलिभिजन एक थान र डिशहोम एक थान प्रदान गरेकाे हाे ।

लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । बैंकले छिट्टै काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.