मतदान बिहान ७ बजेबाट शुरु हुने

  २०७९ कार्तिक १७ गते १८:३८     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने बताएका छन् ।

आयोगका निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने र मतदान शुरु हुनपूर्वको ४८ घण्टा कुनैपनि उम्मेदवार र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार गर्न नपाउने बताएका छन् ।

उनले आज (बिहीबार) बाट प्रचारप्रसारमा जुटिरहेका दलहरुलाई पूर्णरुपमा आचारसंहीता पालना गर्न आग्रह पनि गरेका छन् । भण्डारीले उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहीताको सीमा नमिचिकन प्रचारप्रसार गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.