बैंकको बढ्दो ब्याजविरुद्ध काठमाडौंमा विरोध कार्यक्रम गर्दै व्यवसायीहरु

  २०७९ कार्तिक १७ गते १५:४१     विकासन्युज

काठमाडौं । धान्ने नसक्ने गरी बैंकले ब्याज बढाएको भन्दै उद्योग व्यवसायीहरुले विरोध कार्यक्रम गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बैंकले बढाएको ब्याजविरुद्ध शुक्रबार माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम गर्ने भएको हो ।

संघले बैंक तथा वित्तिय संघ संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याज वृद्धि गरको आरोप लगाएको छ ।

ब्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुकोविरुद्ध राज्यलाई सचेत गराउन तथा नियामक निकायबाट उपयुक्त कदमहरु चाँडो सम्बोधन होस् भनी ध्यानाकर्षण गराउन विरोध कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.