रिद्धि सिद्धि सिमेन्ट किन्दा हात खाली नजाने उपहार र लाखौं जित्ने मौका

  २०७९ कार्तिक १६ गते १३:३६     विकासन्युज

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी रिद्धि सिद्धिले हात खाली नजाने उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् ।

यस कुपनहरुमा ५०० रुपैयाँदेखि १० हजारसम्मको रकम उल्लेख गरिएको कम्पनीले जानकारी दिएको छ ।

साथै, शून्य अंक उल्लेखित कुपन प्राप्त गर्ने ग्राहकले आफ्नो कुपनमा भएको रकम पछाडि शुन्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् । यद्यपि, कम्पनीको अनुसार ५० भन्दा धेरै संख्यामाको कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र ० – शून्य० लाई पछाडि जोडेर एक लाखसम्म रकम प्राप्त गर्न सकिनेछ ।

यस्तै, ५ हजार वा सोभन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिम सम्पर्क नम्बरमा रजिष्टर गर्नु पर्नेछ । कम्पनीका अनुसार यो योजना कात्तिक १५ गते मंगलबारदेखि पुस ३० गतेसम्म मात्र लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.