शौर्य सिमेन्ट किन्दा १ लाख रुपैयाँसम्म जित्न सकिने

  २०७९ कार्तिक १६ गते १२:११     विकासन्युज

काठमाडाैं । शौर्य सिमेन्टले देश व्यापी रूपमा लागु हुनेगरी ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ लिएर आएको छ ।

कार्तिक १५ देखि पौष ३० २०७९ सम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको शौर्य सिमेन्ट खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने ५०० देखि १० हजार रुपैयाँसम्मको कुपन स्क्रयाच गरी नगद प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी, ५० बोरा भन्दा बढीको खरिदमा एक भन्दा बढी कुपन प्राप्त गर्दा शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा ग्राहकले आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाखसम्म नगद प्राप्त गर्न सक्नेछन्

यद्यपि, सयौं संख्यामा ९०० को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य ९०० लाई पछाडि लगेर जोड्न मिल्ने कम्पनीले जनाएकाे छ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ र ४३ ग्रेड ओपिसी, ५३ ग्रेड ओपिसी ,पिएस्सी र ५३ ग्रेड पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.