टिभिएसको बाइक र स्कुटर किन्दा ५० लाख जित्ने मौका ३ दिन मात्र बाँकी

  २०७९ कार्तिक १६ गते ११:५६     विकासन्युज

काठमाडौं । जगदम्बा मोटर्सले चाइपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब ३ दिन मात्र बाँकी रहेको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनामा कुनै पनि टिभिएसको दूई पांग्रे सवारी साधन किन्दा ५० लाखको नगद उपहार प्राप्त गर्न सकिनेछ ।

यस योजनामा सवारीसाधन नकिन्दै एक लाख, किन्दा दश लाख र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन सक्नेछन् । यसका साथै हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी सि ३० स्मार्टफोन र २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआइमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन् ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.