बैंक अफ काठमाण्डूको २५ प्रतिशत नगदफिर्ता योजना कात्तिक ३० गतेसम्म

  २०७९ कार्तिक १४ गते १७:४४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले चाडवाडपछि पनि २५ प्रतिशतसम्मको क्यासब्याक योजना संचालन गर्ने भएको छ ।

ग्राहकलाई विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको जनाएको छ ।

यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहकहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिश वा १५० रुपैयाँसम्मको नगदफिर्ता पाउनेछन् ।

यो योजना कात्तिक १५ गते मंगलबारबाट कात्तिक ३० गते बुधबारसम्म मात्र रहने बैंकले जनाएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.