दुईपांग्रे सवारीमा बाल-बालिकालाई नचढाउन प्रहरीको अनुरोध

  २०७९ कार्तिक १४ गते १६:२५     विकासन्युज

काठमाडौं  । दुईपांग्रे सवारी साधनमा साना बाल–बालिकालाई असुरक्षित तवरले नचढाउन सम्बन्धित चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

तीव्र गतिमा गुडेका दुईपांग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु उल्लेखित रुपमा दुर्घटनाको शिकार हुने क्रम बढ्दो रुपमा रहेकाले दुर्घटना न्युनीकरणका लागि अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ताले बताए ।

सुरक्षित तवरले सवारी साधन संचालन गर्दै दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा ट्राफिक प्रहरीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.