गुडविल फाइनान्सको खराब कर्जा १.२५ प्रतिशत घट्यो, निक्षेप ११.२७ अर्ब पुग्यो

  २०७९ कार्तिक १४ गते १३:२९     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन ११ अर्ब रुपैयाँ भन्दा बढी गरेको छ । फाइनान्सको निक्षेप ३ प्रतिशत भन्दा बढी वृद्धि भएर ११ अर्ब २७ करोड ९८ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अहिले बजारमा तरलता अभाव कायम रहेका बेलामा फाइनान्सले भने निक्षेप बढाउन सफल भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १० अर्ब ९४ करोड ७३ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

असोज मसान्तसम्ममा फाइनान्सको कर्जा पनि २.३८ प्रतिशत बढेर ८ अर्ब ८० करोड ८० लाख ६८ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ८ अर्ब ६० करोड २९ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

फाइनान्सको निक्षेप र कर्जा बढेपनि खुद नाफा भने घटेको छ । इम्पेरमेन्ट चार्ज बढेको र खुद फि तथा कमिशन आम्दानी घटेका कारण फाइनान्सको खुद नाफा घटेको हो । तीन महिनाको अवधिमा फाइनान्सको खुद नाफा ४६ प्रतिशत घटेर ३ करोड ८४ लाख २३ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ७ करोड ११ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५.०२ प्रतिशत बढेर १५ करोड २ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १४ करोड ३० लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा फाइनान्सको खुद फि तथा कमिसन आम्दानी ३८.३३ प्रतिशत घटेर ८३ लाख ३ हजार रुपैयाँ, सञ्चालन मुनाफा ४४.३६ प्रतिशत घटेर ५ करोड ४६ लाख ६१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.१५ प्रतिशत घटेर १६ करोड ३६ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

तीन महिनाको अवधिमा फाइनान्सको वितरणयोग्य नाफा घाटामा रहेको छ । असोज मसान्तसम्ममा १८७ प्रतिशत घटेर ६ करोड ४७ लाख ३ हजार रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको वितरणयोग्य नाफा ७ करोड ३६ लाख ३ हजार रुपैयाँ थियो ।

फाइनान्सको इम्पेरमेन्ट चार्ज १ करोड ७३ लाख रुपैयाँबाट बढेर ४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जसकारण फाइनान्सको नाफा घटेको हो । समिक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ, जगेडा कोष ५२ करोड ३ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

फाइनान्सको प्रतिसेयर आम्दानी १३.८५ प्रतिशत घटेर १६.२४ रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी ३०.१० रुपैयाँ थियो । फाइनान्सको मूल्य आम्दानी अनुपात २७.४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६७.८३ रुपैयाँ रहेको थियो । फाइनान्सको खराब कर्जा १.२५ प्रतिशत घटेर २.१५ प्रतिशत, सीडी रेसियो ८३.१५ प्रतिशत, बेस रेट ३.०८ प्रतिशत बढेर १२.३९ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.