विभिन्न कार्यक्रम गरी सिटिजन्स लाइफ इन्स्योरेन्सले मनायो पाँचौं वार्षिकोत्सव

  २०७९ कार्तिक ६ गते १८:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी आफ्नो पाचौँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले सप्ताह व्यापी कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।

कम्पनीले यस वर्ष विशेष प्राथमिक्तामा राखेको रक्तदान कार्यक्रममा देश भरिका २८ वटा शाखाको आयोजकता मा १०७३ पिन्ट रगत संकलन गरेको छ । डेङ्गु लगायत विभिन्न भाइरल ज्वोरोका कारण धेरै नेपालीहरु अस्वस्थ्य रहेको बेला १०७३ पिन्ट रगत संकलन गर्न सफल हुनु आफ्नै लागी गौरवको कुरा भएको कम्पनीले जनाएको छ ।

कम्पनीले फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता सुरु गर्दै देशभरी ८ वटा स्थानमा बीमा सचेतना सम्बन्धित भव्य सडक ¥याली प्रस्तुत गरेको थियो । यस ¥यालीमा देशभर बाट १००० भन्दा बढीको सहभागिता थिए ।

यस्तै, कम्पनीले विभिन्न शाखाको आयोजकतामा देशका विभिन्न ११ स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । ३० वटा विभिन्न पार्क, धार्मिक तथा पर्यटकिय स्थलहरुमा वृहत सरसफाइ लगायत डस्टिबन वितरण गरेको छ ।

यसका साथै कम्पनीका केहि शाखाले विभिन्न संघ संस्थासँगको सहकार्यमा निःशुल्क आँखा शिविर, दन्त सिविर, सम्पुर्ण (होलबडी) सम्बन्धि परामर्श सेवा लगायतका कार्यक्रम गरी ७०० भन्दा बढीलाई सेवा प्रधान गरेको छ । यसका साथै केहि शाखाले योग शिविर, खाधन्न वितरण, ब्याड्मिन्टन प्रतियोगित, ट्राफिक सचेतना लगायतका कार्यक्रमको समेत आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.