शाओमी, रेडमी वा पोको फोन किन्दा ३२ इन्चको टिभी जित्ने मौका

  २०७९ कार्तिक २ गते १३:०८     विकासन्युज

काठमाडौं । शाओमीले तिहारको अवसरमा ग्राहकहरूका लागि आकर्षक अफरहरु ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेडमी वा पोको फोनको खरिदमा एमआइ टिभी ४ एप्रो ३२ जित्ने मौका पाउनेछन् ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले तिहारको अवसरमा ग्राहकहरूका लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा अत्यन्त खुशी भएकाे बताए । ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं, यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टिभी जित्ने अफर ल्याएका छौं,’ उनले भने ।

अफर अन्तर्गत कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ग्राहकहरूले एमआइ टिभी ४एप्रो ३२ जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्युआर कोड स्क्यान वा ३१००७ मा आइएमइआइ नम्बर पठाउनु पर्नेछ । प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एमआइ टिभी ४एप्रो ३२ टिभी जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे अनुसार यो अफर कार्तिक २ देखि कार्तिक १३ गतेसम्म मान्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.