नेपाल लाइफले सार्वजनिक गर्यो मोबाइल एप, ग्राहक र अभिकर्ता दुबैलाई फाइदा

  २०७९ असोज ३० गते १७:५०     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरेको हो ।

परिस्कृत र नयाँ सुविधाहरू सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसन मार्फत लाभ लिन सक्नेछन् ।

सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिने छ । आफू अभिकर्ता वा बीमित छनौट गरि आफ्नो प्रोफाइल एड गर्न सकिने छ । एप्लिकेसनमा एकै जनाको एक भन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ । आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सजिलै पाइने इन्स्योरेन्सले जनाएको छ ।

साथै, एपमा अन्य सुविधाहरुको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरन्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिने छ ।

हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तर वृद्धि गर्दै ग्राहकलाई जीवन बीमा सम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने इन्स्योरेन्सका सीईओ पराजुलीले बताए ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम सँगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुबिधाहरुलाई ग्राहक तथा अभिकर्ता समक्ष सहज, सुरक्षित एवं प्रभावकारीरुपमा उपलव्ध गराई कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने इन्स्योरेन्सका प्रमुख सुचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले जनाए । यो एपलाई ग्राहक तथा अभिकर्ताहरुको आवश्यकता अनुरुप क्रमश थप परिस्कृत तथा विकसित गर्दै लैजाने विषयमा नेपाल लाइफ प्रतिबद्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.