अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीले पाए

  २०७९ असोज २४ गते १७:१०     विकासन्युज

एजेन्सी । सन् २०२२ अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीले पाएका छन् । द रोयल स्वीडिस एकेडेमीले यो वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीलाई दिने निर्णय गरेको हो ।

अमेरिकी अर्थशास्त्री बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगले उक्त पुरस्कार प्राप्त गर्न सफल भएका छन् । बैंक र वित्तीय संकटको विषयमा अध्ययन गरेकोमा सो पुरस्कार दिने निर्णय गरिएको एकेडेमीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.