चीनमा ८३.४ मिटरको रुख सबैभन्दा अग्लो

  २०७९ असोज २४ गते १४:५१     विकासन्युज

default

साङ्घाइ । चीनमा रहेका मध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुख सम्बन्धी विवरण आइतबार सार्वजनिक गरेको हो ।

साङ्घाइ चेन्शन बोटानिकल गार्डेनले देशभरी रहेका रुखहरु मध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । किर्तिमानी सो सबैभन्दा अग्लो रुखको नाम ‘अबिज एर्नेस्ती वर सालौएनेन्सीस’ राखिएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने पहाडी भूभाग तिब्बत स्वशासित क्षेत्रमा सो रुख रहेको जनाइएको छ । औसत रुखको उचाई भने दुई हजार ८०० रहेको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गत मे महिनामा गरिएको थियो । चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको इस्ष्टीच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरीको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गत अगस्टमा पुष्टि गरिएको थियो ।

सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय ७ सेन्टीमिटर रहेको छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.