सिटिजन्स बैंकका सीईओ पोखरेलले बुझे पौने २ करोड पारिश्रमिक, अन्य पदाधिकारीको कति ?

  २०७९ असोज २४ गते १२:५५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेलले वार्षिक पौने २ करोड रुपैयाँ बराबरको पारिश्रमीक बुझेका छन् । बैंकले सार्वजनिक गरेको १६ औं वार्षिक प्रतिवेदन अनुसार सीईओ पोखरेलले एक वर्षको अवधिमा १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ कूल पारिश्रमीक बुझेका हुन् ।

उनले आर्थिक वर्ष २०७८/२०७९ मा तलब वापत ८४ लाख रुपैयाँ, भत्ता वापत ६० लाख रुपैयाँ, दशैंभत्ता वापत ९ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदानल वापत ८ लाख ४० हजार रुपैयाँ, विदा वापतको भुक्तानी १२ लाख २६ हजार ६६७ रुपैयाँ र अन्य २ लाख १४ हजार १०९ रुपैयाँ गरी कूल १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ बराबर पारिश्रमीक तथा भत्ता बुझेका हुन् । सीईओ पोखरेलको खुद पारिश्रमीक तथा भत्ता ९४ लाख ३८ हजार ९२० रुपैयाँ रहेको छ ।

यस्तै, बैंकले अन्य पदाधिकारीलाई आर्थिक वर्ष २०७८/२०७९ मा तलब वापत १ करोड ३४ लाख ८२० रुपैयाँ, भत्ता वापत १ करोड १९ लाख ४३ हजार ८०५ रुपैयाँ, दशैंभत्ता वापत १८ लाख १३ हजार १३५ रुपैयाँ, सञ्चयकोष योगदानल वापत १३ लाख ३१ हजार ३९४ रुपैयाँ, विदा वापतको भुक्तानी १९ लाख ६४ हजार ३ रुपैयाँ र अन्य २१ लाख ३४ हजार ६५६ रुपैयाँ गरी कूल ३ करोड २५ लाख ८७ हजार ८१३ रुपैयाँ बराबर पारिश्रमीक तथा भत्ता बुझेका हुन् ।

यस्तै, बैंकले सञ्चालक समितिलाई बैठक भत्ता वापत २५ लाख ४१ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, सञ्चालकहरुलाई टेलिफोन तथा मोबाइल खर्च १ लाख ६८ हजार रुपैयाँ, इन्धन खर्च ४ लाख ७६ हजार ९९४ रुपैयाँ र पत्रपत्रिका वापत २ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकका अध्यक्षलाई कार्यालय प्रयोजनको लागि सवारी साधन सुविधा प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.