कालिकोटमा मलामी गएका १३ जना पहिराेमा हराएको पुष्टि

  २०७९ असोज २४ गते १२:३६     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । कालीकोटको तिलागुफामा मलामी गएका १३ जना हराएको पुष्टि भएको छ । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । जिल्ला प्रशासन कार्यलय कालिकोटले मलामी गएका १३ जना हराएको पुष्टि गरेको हो ।

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो ।

शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.