बीमा विधेयकसँगै तीन वटा विधेयक प्रमाणिकरण

  २०७९ असोज २३ गते १८:१८     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक प्रमाणिकरण गरेकी छिन् । भण्डारीले असोज २३ गते मात्रै बीमा विधेयकसहित तीन वटा विधेयक प्रमाणिकरण गरेकी हुन् ।

आइतबार मात्रै बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी हुन् ।

यी तीन वटै विधेयक संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइसकेको हो । जुन राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै यी तीनवटै विधेयकले मान्यता पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.