मकवानपुरमा पहिरोमा परेर दुईजनाको मृत्यु

  २०७९ असोज २२ गते १४:४०     विकासन्युज

फाइल फाेटाे

मकवानपुर । मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६ मागेनीका ४७ वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

यस्तै कैलाश गाउँपालिका–३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.