११ वर्षपछि नगद मात्रै वितरण गरेको कुमारी बैंकको १६ वर्षे लाभांश इतिहास

  २०७९ असोज २० गते ११:१६     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कायम चुक्ता पूँजीको १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतपश्चात् आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

बैंकले ११  वर्षपछि नगद लाभांश मात्रै वितरण गरेको हो । यसअघि बैंकले आर्थिक वर्ष २०६८/६९ मा ७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०६७/२०६८ मा बैंकले ८ प्रतिशत बोनस र ०.४४ प्रतिशत नगद गरी कूल ८.४४ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको लाभांश इतिहास हेर्दा सेयरधनीहरुलाई प्रत्येक वर्ष लाभांश वितरण गर्दै आइरहेको छ ।

आर्थिक वर्ष २०६९/२०७० मा १४ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४/२०७५ मा ८.५ प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद गरी कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेको थियो । जुन बैंकको लाभांश इतिहासमा सबैभन्दा धेरै लाभांश थियो ।

यस्तै, आर्थिक वर्ष २०७१/२०७२ मा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७२/२०७३ मा २१ प्रतिशत बोनस र १.१ प्रतिशत नगद गरी कूल २१.१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७६/२०७७ मा बैंकले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/२०७८ मा बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०६६/२०६७ मा १२ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरी कूल २४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०६५/६६ मा १०.५८ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद गरी कूल ११.३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०६३/६४ मा बैंकले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.