बैंकहरुले मार्गदर्शन पालना नगरी कर्जा नवीकरण गरे शतप्रतिशत नोक्सानी व्यवस्था , कात्तिक १ गतेदेखि लागू हुने

  २०७९ असोज १६ गते ११:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन पालना नगरी कर्जा प्रवाह गरेमा शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले एकीकृत निर्देशन ०७८ संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन ०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालु पुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने छ, मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ,’ राष्ट्र बैंकको एकिकृत निर्देशनमा भनिएको छ ।

राष्ट्र बैंकले यो व्यवस्था बैंक तथा वित्तीय संस्थासँगै नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) का लागि पनि गरेको हो ।

बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले आफ्ना ग्राहकका लागि लगानी गर्ने परियोजना सञ्चालनको सन्दर्भमा आवश्यक हुने अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जा २०७९ कात्तिक १ देखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ बमोजिम प्रवाह गर्न सक्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले १ करोडभन्दा कम रकमको चालु पुँजी प्रकृतिका कर्जा प्रवाह/नवीकरण गर्नु अघि समेत अन्य इजाजतपत्रप्राप्त संस्थाबाट त्यस्तो कर्जा लिए नलिएको यकिन गरी लिएको भएमा कर्जा दिने संस्थाबाट अनिवार्य रुपले नो अब्जेक्सन लेटर लिएर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने व्यवस्थालाई यथावत राखेको छ भने नो अब्जेक्सन लेटर माग गरिएको संस्थाले सोसंग सम्बन्धित पत्र प्राप्त गरेको ५ कार्यदिनभित्र उपलब्ध गराउनु पर्ने व्यवस्था पनि सोही चालू पुँजी कर्जा मार्गनिर्देशनमा छ ।

नो अब्जेक्सन लेटर उपलब्ध नगराउने भएमा सो सम्बन्धी जानकारी पत्र माग गर्ने संस्थालाई उपरोक्त समयावधिभित्र नै उपलब्ध गराउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.