थप तीन प्रदेशमा कार्यालय खोल्दै बीमा समिति

  २०७९ असोज १२ गते १६:४५     विकासन्युज

काठमाडौं । बीमा समितिले थप तीन वटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । समितिका अध्यक्ष सिलवालले आगामी केही महिनाभित्रै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय खोल्ने बताएका हुन् ।

बुधबार समितिमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

साथै, उनले मंसिरदेखि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा संचालन गरिने समेत जानकारी गराए ।

समितिले यसअघि नै कर्णाली, मधेश र सुदुरपश्चिम गरी ३ वटा प्रदेशमा प्रदेशस्तरीय शाखा कार्यालय स्थापना गरी उद्घाटन समेत गरिसकेको छ । बीमालाई सहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म ‍‌पुर्याउन समितिले कार्यालय खोल्ने अभियानलाई निरन्तरता दिँदै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.