बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा

  २०७९ असोज १२ गते १५:५६     विकासन्युज

काठमाडौं । काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको ईटहरी चोकमा आफ्नो १८ औं शाखा संचालनमा ल्याएको छ ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरी बैकिङ कारोबार शुभारम्भ गरे ।

उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित व्यापारी, व्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

फाइनान्सले छिट्टै सुर्खेत र धनगढीमा समेत शाखा संजाल विस्तार गरी सातै प्रदेशमा आफ्नो उपस्थिती जनाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.