प्राधिकरणले महानगरलाई १९ करोड कर तिर्नु पर्ने, २१ संस्थाबाट साढे ४ करोड संकलन

  २०७९ असोज १२ गते १३:१९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरलाई १९ करोड रुपैयाँ कर बुझाउनु पर्ने भएको । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कर तिर्नका लागि प्राधिकरणलाई निरन्तर दबाब दिँदै आएका छन् । महानगरलाई १९ करोड २६ लाख रुपैयाँ सम्पत्ति कर बुझाउनु पर्ने देखिएको छ ।

काठमाडौं महानगरपालिकाले विभिन्न व्यापार व्यवसाय तथा संस्थाहरुबाट कुल ४ करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । काठमाडौं महानगरपालिकाका राजश्व प्रमुख शिवराज अधिकारीका अनुसार महानगरले सम्पत्ति कर, घरवहाल कर, मनोरञ्जन कर र व्यवसाय अन्तर्गत विभिन्न २१ वटा व्यवसायिक संस्था तथा सार्वजनिक संस्थाहरुबाट राजश्व संकलन गरेको छ भने अझै धेरै संस्थालाई कर तिर्नका लागि पत्राचार गरेको छ ।

महानगरपालिकाले घरबहाल कर अन्तर्गत ८० लाख ३६ हजार, मनोरञ्जन कर अन्तर्गत ८६ लाख ४५ हजार, व्यवसाय कर १९ लाख र सम्पत्ति कर अन्तर्गत २ करोड ५१ लाख २७ हजार रुपैयाँ राजश्व असुलेको अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.