रियलमीले ल्यायो मोबाइल फोनदेखि ६५ इन्च टिभी जित्नेसम्मको योजना

  २०७९ असोज ९ गते १७:३३     विकासन्युज

काठमाडौं । टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ । उक्त ब्रान्डले नेपाली चाडपर्वलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो ।

असोज १० गतेबाट रियलमीक्यापेनडटकममा शुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभी, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सकिने छ ।

यस योजना अन्तर्गत असोज १० गतेदेखि कार्तिक १४ गतेसम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरु छानिनेछन् । यस योजनामा सहभागि हुनको लागि रियलमीक्याम्पेनडटकममा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्मार्टफोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ । यसरी छानिएका विजेताहरुमध्ये हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको ४के टिभी जित्न सक्नेछन् ।

चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘हाम्रा उपभोक्ताहरुलाई हामीले हाम्रो तर्फबाट केही विषेष उपहारहरु दिन गईरहेका छौं । हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले उहाँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.