पाँच तारा सहकारीले सदस्यलाई १८ प्रतिशत लाभांश दिने

  २०७९ असोज ९ गते १३:२२     विकासन्युज

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । सहकारीको शनिबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले सदस्यलाई संस्थाले सदस्यलाई १० प्रतिशत नगद लाभांश र ८ प्रतिशत संरक्षित पुँजी फिर्ता कोषबाट दामासाहीले रकम दिने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षता उक्त साधारणसभा सम्पन्न भएको थियो ।संस्थाले २०३ नयाँ सदस्य सदस्य वृद्धि गर्न सफल भएको छ । सभाले संस्थाका कोषाध्यक्ष कुमार विमलीद्वारा प्रस्तुत आ.व.२०७८/०७९ को आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक सुशिल प्रसाईले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा सेयर पुँजी ८ करोड १२ लाख ५६ हजार पुर्याउने लक्ष्य संस्थाले लिएको छ । संस्थाको साधारण जगेडा कोषमा ५ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको छ भने अन्य कोषमा ४ करोड ५२ लाख ८४ हजार रहेको छ ।

त्यस्तै, संस्थागत विकास कोषमा १ करोड ८ लाख ४६ हजार रुपैयाँ रहेको छ । संस्थाले यस गत आ.व.मा ५७ करोड ४१ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ९० लाख ६९ हजार कर्जा लगानी गर्न सफल भएको छ । संस्थाले गएको आर्थिक वर्ष २ करोड २४ लाख ९९ हजार रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको छ ।

सभामा ७० वर्षमाथिका ३५ जना ज्येष्ठ सदस्यलाई प्रतिव्यक्ति २ हजारका दरले दशैं भत्ता प्रदान गरिएको थियो । संस्थाले यस वर्षबाट सदस्य राहत कार्यक्रम समेत शुरुवात गरेसँगै संस्थाका संस्थापक सदस्य उर्वती घिमिरेको निधन भएकाले निजका परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.