इसेवा मनी टान्सफरमार्फत नेपालमा पैसा पठाउने १ जनाले काठमाडौंमा घर जित्ने

  २०७९ असोज ७ गते १६:४९     विकासन्युज

काठमाडाैं । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ । कम्पनीले शुक्रबार उक्त अभियान सार्वजनिक गरेकाे हाे ।

यो अभियान असोज ७ गतेबाट सुरु भएर फागुन ६ गतेसम्म जारि रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले बताएकाे छ ।

‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जनै पनि मलकमा रहन भएका नेपालीहरुले, नेपालमा इच्छाएका व्यक्तिको बैंक खाता अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्

साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोहीले पनि सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने कम्पनीले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.