इसेवाबाट बीमाशुल्क भुक्तानी गर्दा इलामका अनुपमले जिते १ लाख रुपैयाँ

  २०७९ असोज ७ गते १४:४९     विकासन्युज

काठमाडौं । इसेवाले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जितेका छन् । नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवा मार्फत भुक्तानी गर्दा पाेखरेलले एक लाख रूपैयाँ जितेका हुन् ।

इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो ।

यस योजनामा बम्पर उपहार विजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार नगद जितेका छन् । साथै, पोखरेलले बीमा गरेकाे नेपाल लाइफ इन्स्योरेन्स्को इलाम शाखाले समेत नगद २० हजार प्राप्त गरेको छ ।

विजेताहरूलाई शुक्रबार एक कार्यक्रमकाबीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरेका थिए ।

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक एक हजार रुपैयाँ जितेका छन् । इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गरेको थियो ।

योजना अवधिभर इसेवामार्फत ४ अर्ब बढिको कारोबार भएको थियाे । यस अवधिमा ६० वटा भन्दा धेरै बीमा शुल्क इसेवा मार्फत भुक्तानी भएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.