सन नेपाल लाईफ छैटौं वर्षमा, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

  २०७९ असोज ६ गते १९:१६     विकासन्युज

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको ५ वर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।

कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।

त्यस्तै, कम्पनीले विभिन्न अस्पताल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । साथै, सोही अवसरमा कम्पनीले विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १ हजारभन्दा बढी विद्यार्थीहरुको उपस्थितीमा बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.