यो चाडपर्वमा पजो र सिट्रनको कार किन्दा साढे १६ लाख फाइदा

  २०७९ असोज ६ गते १९:०५     विकासन्युज

काठमाडौं । नेपालमा पजो र सिट्रनको लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले चाडपर्वको समयमा ड्राइभ नाउ, पे लेटर योजना घोषणा गरेको छ ।

यस योजना अन्तर्गत सांग्रिला मोटर्सले पजाे वा सिट्रोनकाे कार किन्ने जो कोहीलाई क्रमशः १६.५० लाख र १५.५० लाखको फाइदा प्रदान गर्नेछ ।

त्यसैगरी, सिट्रन र पजो दुवैले आफ्ना ग्राहकलाई ७ लाख छुट, १ वर्षको निःशुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क इएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउनेछन् ।

सिट्रन प्रसिद्ध फ्रान्सेली अटोमोबाइल ब्रान्डहरू मध्ये एक हो । कम्पनीको अनुसार यो चाडपर्वको अफर सिट्रनको सिफाइभ एयरक्रस मोडलमा पजोको ३८०० अल्युर डिजेल मोडलका लागि मात्र मान्य हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.