बीमा समितिको कार्यालय सुदूरपश्चिममा पनि, अध्यक्ष सिलवालले उद्घाटन गर्ने

  २०७९ असोज ५ गते १६:१८     विकासन्युज

काठमाडौं । बीमा कम्पनीको नियामक निकाय बीमा समितिको प्रदेश कार्यालय सुदूरपश्चिममा पनि स्थापना भएको छ । कैलालीको धनगढीस्थित स्थापित उक्त कार्यालयको उद्घाटन समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्ने भएका छन् ।

अध्यक्ष सिलवालले अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा उक्त कार्यालयको उद्घाटन गर्न लागेका हुन् । सो कार्यक्रम असोज ७ गते बिहान ११ बजे कैलालीको हसनपुरस्थित सुभश्री पार्टी प्यालेसमा हुँदै छ ।

उक्त कार्यक्रमका लागि बीमा समितिका उच्च पदाधिकारीहरु असोज ६ गते नै धनगढी जाँदै छन् ।

यसअघि समितिले भदौ १६ गते मात्रै कर्णाली प्रदेशको सुर्खेतमा स्थापना भएको प्रदेश कार्यालयको उद्घाटन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.