कमेडियन राजु श्रीवास्तवकाे निधन

  २०७९ असोज ५ गते ११:४४     विकासन्युज

काठमाडौं । भारतिय हास्य कलाकार रनजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।श्रीवास्तवलाई साउन २५ गते जिममा ट्रेडमिलमा दौडिरहेको बेला हृदयाघात भएपछि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स(एम्स) अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरेकै दिन उनको एन्जियोप्लास्टी अपरेसन पनि गरिएको थियो ।

श्रीवास्तवलाई अस्पतालमा लाइफ सपोर्ट सिस्टममा राखिएको थियो । भेन्टिलेटरमा १५ दिनपछि राखेपछि उनी होशमा आएका थिए । तर, भदाै १६ गते उनलाई १०० डिग्री ज्वरो आएपछि फेरि भेन्टिलेटर सपोर्टमा राखिएको थियो ।

उनले १९८० को दशकको अन्त्यदेखि मनोरञ्जन उद्योगमा काम गर्न सुरु गरेका थिए । २००५ मा स्ट्यान्डअप कमेडी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को पहिलो सिजनमा भाग लिएपछि उनी चर्चामा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.