प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

  २०७९ असोज ५ गते १०:५६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.