एउटै इन्स्योरेन्सका तीन जना विभूषित

  २०७९ असोज ३ गते १५:०७     विकासन्युज

काठमाडौं । नेपाल सरकारले एउटै इन्स्योरेन्सका तीन जनालाई विभूषित गर्ने भएको छ । सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा प्रभु इन्स्योरेन्सका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकलाई विभूषितको सूचीमा राखेको हो ।

जसमा सीईओ संचित बज्राचार्य, अध्यक्ष कुसुम लामा र संचालक शिक्षा भट्टचन रहेका छन् । जसमध्ये सीईओ बज्राचार्य अलंकार राष्ट्र यशोवर्दकबाट, अध्यक्ष तथा व्यवसायी लामा सुप्रबल जनसेवाश्रीबाट र सञ्चालक भट्टचन विकास रत्न पदकबाट विभूषित हुने भएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका विभिन्न व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकद्धारा विभूषित गर्ने घोषणा गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.