सेयर बजारमा दोहोरो अंकको गिरावट, लक्ष्मी बैंकको सर्वाधिक कारोबार

  २०७९ असोज २ गते १५:१२     विकासन्युज

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण गर्ने समय र चाडपर्व नजिक आएका बेला सेयर बजार बढ्नुपर्ने भएपनि ब्याजदर वृद्धिका कारण पूँजी बजार घटेको लगानीकर्ताको धारणा छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको हो । शुक्रबारको तुलनामा १.७८ प्रतिशत घटेको हो ।

यस्तै, आज दिनभरिमा २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० पटक खरिद बिक्री हुँदा १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आइतबार लक्ष्मी बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २१ करोड ३८ लाख ४४ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, प्रभु बैंकको संस्थापक सेयरको १९ करोड ५८ लाख ४५ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.