आइएमई मोटर्स लोन मेला सुरु, कम ब्याजमा अधिकत्तम फाईनान्सको सुविधा पाइने

  २०७९ असोज २ गते १२:२३     विकासन्युज

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गरेकाे छ ।

कम्पनीले काठमाडौं, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा मेला सुरु गरिसकेकाे छ । यि स्थानमा  असोज ४ गतेसम्म मेला संचालन हुने कम्पनीले जानकारी दिएकाे छ । यस्तै, विर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखी ७ गतेसम्म मेला आयोजना हुँदैछ ।

ग्राहक लक्षित अफर सहित कम्पनीले फाईनान्स सुविधा पनि दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकत्तम फाईनान्स सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।

आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ । साथै, आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.