नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

  २०७९ भदौ ३१ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ । आगामी माघ १९ गतेदेखि विराटनगरमा एक्स्पाे हुने भएकाे हाे । माघ २८ गतेसम्म बिराटनगर महानगरपालिका वाड नं २ स्थित शंकरपुरमार्गमा हुनेछ ।

आयाेजककाे अनुसार एक्सपोमा प्रदेश नं. १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्री हुनेछ ।

यसका साथै प्रदर्शनीमा नयाँ संचार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकिकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै व्यवसायिकरण, पर्यटनको सम्भावनासँगै ति स्थानहरुको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने आयाेजकले जानकारी दिएकाे छ ।

कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि समेत महत्वपुर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने बताइएकाे छ ।

स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको परिसंघले बताएकाे छ ।

परिसंघकाे अनुसार प्रदर्शनीमा औद्योगिक उत्पादनहरु, कृषिका आधुनिक यन्त्र, उपकरणहरु, अटो मोवाइल्स, उत्पादन र सेवा मुलक उद्योगका सामाग्रीहरु, शैक्षिक, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रलाई बिशेष प्राथमिकताका साथ प्रस्तुत गरिने छ । प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम र ३५० स्टलहरु रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.