आइएमई जनरल इन्स्योरेन्स र इसान चिल्ड्रेन अस्पतालबीच नगदरहित सम्झौता

  २०७९ भदौ ३१ गते १५:०५     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र इसान चिल्ड्रेन एण्ड वेमेन्स हस्पिटल प्रा. लि. बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान चिल्ड्रेनका हस्पिटल डाइरेक्टर रामनन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौता पश्चात आइएमई जनरलबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म इसान चिल्ड्रेन हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

कार्यक्रममा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अस्पतालले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखे ।

साथै, अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन उनले आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.