भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक

  २०७९ भदौ ३१ गते १३:०३     विकासन्युज

नेपाल ।  भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्ने कम्पनी बताउँछ ।

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । भिभो वाई ३५ र वाई २२ मा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।’

भिभो वाई३५ ले प्रयोगकर्ताहरूलाई थप सहज अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८ जिबी र्याममा थप ८ जिबीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ ।

यसमा ५०००एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उच्च गुणस्तरिय तस्विरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेराका विशेषताहरु छन् जसले प्रयोगकर्तालाई कुनै समस्या बिना नै राती सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ ।

भिभो वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५००० एमएएच ब्याट्रीद्वारा संचालित छ । वाई २२ मा ५० एमपी रियर क्यामेरा छ जसबाटराम्रा तस्बिरहरू लिन सकिन्छ । वाई २२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । यसकाे भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ ।

दुवै वाई ३५ र वाई २२ मा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ । वाई ३५ (८जीवी प्लस १२८जिबी) दुई ट्रेन्डी कलर भेरियन्ट – एगेट ब्ल्याक र डन गोल्ड कलरमा ३० हजार ९९९ रुपैयाँमा उपलब्ध छ । त्यस्तै ४ जिबी र्याम र ६४ जिबी रोम भएको वाई २२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा २२ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.