७ दिनभित्र वित्तीय विवरण पेश गर्न बीमा समितिको निर्देशन

  २०७९ भदौ २९ गते १८:३२     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीलाई ७ दिनभित्र वित्तीय विवरण पेश गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिले तोकिएको समयमा वित्तीय विवरण पेश नगर्ने विभिन्न जीवन बीमा कम्पनीलाई ७ दिन भित्र विवरण पेश गर्न निर्देशन दिएको हो ।

आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र बीमा कम्पनीले वित्तीय विवरण बीमा समितिमा पेश गर्नुपर्ने व्यवस्था अुनसार ७ दिनभित्र वित्तीय विवरण पेश गर्नुपर्ने छ ।

मेट लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै बीमा समितिमा आफ्नो वित्तीय विवरण पठाएका छन् भने अन्य कम्पनीले पठाएका छैनन् । बाँकी रहेका १६ वटा जीवन बीमा कम्पनीहरुलाई ७ दिन भित्र वित्तीय विवरण पेश गर्न समितिले निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.