नबिल जेन प्रडक्टले घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग गर्नेछ : सीइओ ढुंगाना

  २०७९ भदौ २९ गते १२:३१     विकासन्युज

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रडक्टले तरलता अभावको बेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताएका छन् ।

बुधबार काठमाडौंमा बालबालिकाको लगि एपमा आधरित ‘नबिन जेन अल्फा’ सार्वजनिक गर्दै ढुंगानाले यस्तो बताएका हुन् ।

उनले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रुपमा नबिल जेन सुरु गरेको बताए । ‘बालबालिका सामाजिक संजालमा मात्रै झुम्मिने अवस्था अन्त्य गर्न यो प्रडकले सहयोग पुग्ने छ, यस्ता प्रडक्टले बालबालिकालाई बचत गर्ने बानी बसाउने छ,’ उनले भने ।

१८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर ल्याइएको यस एपमा अभिभावकले केही कार्य दिई बालबालिकाले त्यसलाई पुरा गरेको अवस्थामा त्यो पैसाको रुपमा एपमा लिंक गरिएको खातामा जम्मा हुन्छ । नबिल बैंकमा खाता भएकाहरुको लागि यस एपले काम गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.