आइएमई पेमार्फत भुक्तानी गर्दा क्रिस्टल डाइग्नोस्टिकमा १५ प्रतिशत छुट पाइने

  २०७९ भदौ २८ गते १५:२२     विकासन्युज

काठमाडौं । आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट प्राप्त गर्नेछन् ।

यस सम्झौता अनुसार आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् । यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन् ।

यो अफर ३ महिना लागु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.