एनसेलमा १०० रुपैयाँभन्दा बढी रिचार्ज गर्दा ४० रुपैयाँ बोनस पाइने

  २०७९ भदौ २८ गते १४:४६     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । भदौ २८ गते मंगलबारदेखि याे सेवा संचालनमा आएको छ ।

यो योजना अन्तर्गत एनसेलका ग्राहकले १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने १० बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्नेछन् । बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइने कम्पनीले जनाएकाे छ ।

यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी १५० रिचार्ज गरेमा २० बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहनेछ ।

त्यस्तै, ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले ४० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुनेछ ।

कम्पनीकाे अनुसार यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्नेछन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.