डिशहोमका स्याङ्जाका ग्राहक रोमलालले जिते १ लाख रुपैयाँ  

  २०७९ भदौ २३ गते १८:३०     विकासन्युज

काठमाडौं । डिशहोमका ग्राहक स्याङ्जा जिल्लाका रोमलाल अधिकारीले एक लाख रुपैयाँ जितेका छन् । डिशहोमको १ वर्षको रिचार्ज गर्दा अधिकारीले एक लाख रुपैयाँ जितेका हुन् । कम्पनीका क्षेत्रिय सेल्स म्यानेजर प्रदिप सुवेदीले अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

कम्पनीले ल्याएको योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्र मार्फत एक लाख जित्ने अवसर प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.