महासंघले भन्यो : सहकारीको पैसा बैंकमा नराख्नु, ऋण असुलीमा प्राथमिकता दिनु

  २०७९ भदौ २३ गते १५:३८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले तरलता अभाव हुन नदिनका लागि सहकारीको पैसा सहकारीमै राख्ने अभियानलाई स्थापित गर्ने सबै सहकारीहरुलाई अनुराेध गरेकाे छ । बिहीबार महासंघले एक सूचना जारी गर्दै यस्ताे सुझाव दिएकाे हाे ।

सहकारीकाे व्यवस्थापनलाई चुस्त, दुरुस्त र व्यवसायिक बनाउन संघ, बैंक र महासंघबाट संचालित शिक्षा तालिम र स्तरिकरण कार्यक्रममा कर्मचारीलाई नियमित सहभागी गराउन महासंघकाे सुझाव छ ।

जिल्ला, प्रदेश तथा केन्द्रिय संघ एवं राष्ट्रिय सहकारी बैंकले सदस्य संस्थाहरूसँग नियमित सम्पर्क र समन्वय गरी समस्याउन्मुख भए समाधानका लागि सहजीकरण गर्न विशेष भूमिका निर्वाह गर्ने पनि महासंघले सुझाव दिएकाे छ ।

यस्तै, महासंघले हल्ला भएजस्तो सहकारीमा गम्भीर समस्या नभएकोले आफू आवद्ध संस्थासँग नियमित सम्पर्कमा रही निश्चिन्त भएर सेवा लिन ग्राहकहरुसँग आग्रह पनि गरेकाे छ ।

यस्ता छन् महासंघका सुझाव 

१. सहकारी विभागले जारी गरेको निर्देशन अनुसार वित्तिय विवरण सार्वजनिक गर्ने र नियमित रुपमा संस्थाको कारोबार, तरलता, सम्पत्ति दायित्वको यकिन गरी जोखिम विश्लेषण गर्ने ।

२. सहकारी संघरसंस्थामा पर्याप्त तरलता कायम गरी सदस्यहरूसंग नियमित सम्पर्क समन्वय गरेर सेवा प्रवाह गर्ने गराउने ।

३. सहकारी ऐन नियमानुसार आश्विन मसान्तभित्र लेखा परिक्षण सम्पन्न गरी यथासक्य चाडो साधारण सभाको आयोजना गर्ने र सदस्यहरूवीच अधिकतम छलफल गरी विश्वस्त हुने वातावरण सिर्जना गर्ने ।

४. ऋण असुलीलाई प्राथमिकता दिई विशेष योजनाका साथ ऋणको व्याज तथा किस्ता असुलउपर गर्ने, गराउने तथा संघ र संस्थालाई प्रतिस्पर्धि र सवल बनाउन एकीकरण अभियानलाई प्राथमिकता दिने ।

५. तरलता अभाव हुन नदिनका लागि सहकारीको पैसा सहकारीमै राख्ने अभियानलाई स्थापित गर्ने, व्यवस्थापन चुस्त, दुरुस्त र क्षमतावान एवं व्यवसायिक र सुदृढ वनाउन संघ र बैंक र महासंघबाट संचालित शिक्षा तालिम र स्तरीकरण कार्यक्रममा नियमित सहभागी गर्ने गराउने ।

६. जिल्ला, प्रदेश तथा केन्द्रिय संघ एवं राष्ट्रिय सहकारी बैंकले सदस्य संस्थाहरूसंग नियमित सम्पर्क र समन्वय गरी समस्याउन्मुख भए समाधानका लागि सहजीकरण गर्न विशेष भूमिका निर्वाह गर्ने ।

७. संघ र संस्थाको प्रगति प्रतिवेदन नियामक निकाय तथा आवद्ध माथिल्लो संघ र बैक र महासंघमा नियमित रूपमा पठाउने, अन्त्यमा, सहकारी संघ र संस्थाको शीर्षस्थ निकाय यस राष्ट्रिय सहकारी महासंघ सहकारी संघरसंस्थाको हित र समस्या समाधानार्थ गम्भीर रहेको अवगत गराउँदै आगामी दिनमा समेत अभिभावकीय भूमिका निर्वाहका लागि क्रियाशिल रहिरहने कुरामा विश्वस्त हुन आग्रह गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.