आइएसएमटी होटल म्यानेजमेन्टका विद्यार्थीद्वारा भब्यरुपमा ‘फुड वन्डर्स इभेन्टिया’ सञ्चालन

  २०७९ भदौ २२ गते १४:२९     विकासन्युज

काठमाडौं । आइएसएमटी कलेज काठमाडौंमा इन्टरनेशनल टुरिजम एण्ड हस्पिटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीले भब्य रुपमा ‘फुड वन्डर्स इभेन्टिया’को सञ्चालन गरेका छन् । बिएचएमको तेस्रो सेमेस्टर अध्ययन गरिरहेका विद्यार्थीले बुधबार कोर्ष अन्तर्गत अनिवार्य रुपमा प्राक्टिकल गर्नुपर्ने इभेन्टको आयोजना गरेका हुन् ।

आइएसएमटी बिएचएमका शिक्षक प्रविन केसीले विद्यार्थीहरुले अध्ययनको क्रममा सिकेको ज्ञानलाई इभेन्टको आयोजना गरी व्यवहारिक प्रयोग गरिएको बताए । इभेन्टमा विभिन्न किसिमका झण्डै दुई दर्जन परिकारहरु, स्टेज कार्यक्रम र रोचक गेमहरु राखिएको छ । एउटा इभेन्टको आयोजना, जिम्मेवारीको बाँडफाँड, व्यवस्थापन र सञ्चालनको पाटोलाई स्वयं विद्यार्थीले नेतृत्व गरिरहेका छन् ।

इभेन्ट विद्यार्थीको प्रयोगात्मक अभ्यासको पाटो भएकाले योजना निर्माण गरेर जिम्मेवारी बाँडफाँड गरेदेखि नै विद्यार्थीको मूल्यांकन शुरु हुने शिक्षक केसीले बताए । उनका अनुसार प्रत्येक विद्यार्थीले इभेन्टमा कसरी आफ्नो भूमिका निर्वाह गरिरहेको छ भन्ने कुराको व्यवहारबाट नै मूल्यांकन गरिन्छ ।

इभेन्टमा विद्यार्थीहरुलाई वित्त, बजार, स्रोत व्यवस्थापन, सेवा र प्रोडक्सन समूहमा बिभाजन गरिएको छ । जहाँ रहेर विद्यार्थीहरुले आफ्नो क्षेत्रमा पर्ने वेलकम, टिकेटिङ, विभिन्न सामाग्रिहरुको व्यवस्थापन, कुकिङ, सर्भिस र रनरको भूमिका निर्वाह गरिरहेका छन् । जसले गर्दा सहभागी वा दर्शकको लागि कलेजको कुनै प्रयोगात्मक अभ्यास नभएर वास्तविक इभेन्ट जस्तो देखिएको छ ।

इभेन्टमा अन्य विभिन्न कलेजका विद्यार्थी, पाहुना, स्पोन्सर स्टल र पत्रकारहरुको सहभागिता छ । सहभागीहरु अथवा विद्यार्थीले कुनै पनि खानेकुरा खान मन लागेमा टिकट खरिद गर्ने व्यवस्था गरिएको छ । प्रत्येक वस्तुको मूल्य तोकिएको छ । सोही अनुसार इच्ुकहरुले खरिद गरेर विभिन्न परिकारहरुको स्वाद लिइरहेका छन् । इभेन्टमा मोटरहेड सहित विभिन्न कम्पनीहरुले स्पोन्सर गरेका छन् ।

शिक्षक केसीका अनुसार इभेन्ट सञ्चालनपश्चात विद्यार्थीहरुमा मुख्यतः कन्फिडेन्स र व्यक्तित्व विकास हुन्छ । विद्यार्थीहरुले एउटा इभेन्ट अन्तर्गत पर्ने सम्पूर्ण कुराहरुको व्यवस्थापन र सञ्चालन गरेर कसरी नाफा आर्जन गर्न सकिन्छ भन्ने कुरा सिक्छन् । उनका अनुसार बिएचएम अध्ययन अन्तर्गत विश्वविद्यालयले निर्धारण गरेको सर्त अनुसार विद्यार्थीहरुले ४ सेमेस्टर भित्रमा २ पटक इभेन्टको आयोजना गर्नुपर्छ । अहिले आयोजना गरिएको इभेन्ट सानो स्तरको भएको र सोही ब्याचका विद्यार्थीहरुले केही समयपछि अझै ठूलो स्तरको इभेन्टको आयोजना गर्ने शिक्षक केसीले बताए ।

One comment on "आइएसएमटी होटल म्यानेजमेन्टका विद्यार्थीद्वारा भब्यरुपमा ‘फुड वन्डर्स इभेन्टिया’ सञ्चालन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.