संघीय शिक्षा ऐन विधेयक मन्त्रिपरिषदबाट पास

  २०७९ भदौ २१ गते २२:४१     विकासन्युज

काठमाडौं । लामो समयदेखि अगाडि बढ्न नसकेको संघीय शिक्षा ऐन सम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पास भएको छ । संसदीय समितिमा छलफल प्रारम्भ गर्ने गरी मन्त्रिपरिषदबाट पास भएको शिक्षा, विज्ञान तथा प्रविधि देवेन्द्र पौडेलले जनाएका छन् ।

उक्त विधेयक तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलकै समयमा निर्माण भएको थियो । नयाँ संविधान र नयाँ व्यवस्था बमोजिम शिक्षा क्षेत्रको व्यवस्थापन, सञ्चालन र नियमन गर्ने गरी निर्माण भएको उक्त विधेयक लामो समयदेखि अगाडि बढ्न सकेको थिएन् ।

ऐनको अभावमा शिक्षा सम्बन्धी धेरै क्षेत्र नयाँ व्यस्थासँगै अलमलको अवस्थामा रहिरहेका थिए । संघीय शिक्षा ऐन निर्माण भएमा शैक्षिक क्षेत्रले नयाँ व्यवस्थाअनुरुप मुर्तता प्राप्त गर्न सजिलो हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.