बाँकेमा डायलाइसिस सेवा बन्द भएपछि बिरामी मर्कामा

  २०७९ भदौ २० गते १५:३३     विकासन्युज

बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको वीरङ्ग हेल्थ केयर प्रालीले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको हो ।

वीरङ्ग हेल्थ केयरका व्यवस्थापक शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताए ।
गत आर्थिक वर्षदेखि चालू आर्थिक वर्षको भदौसम्मको गरी करिब दुई करोड रुपैयाँ नपाएको र उधारो माग्ने ठाउँ पनि सकिएपछि सेवा रोकियो शाहले बताए ।

शाहका अनुसार बिरामीले अस्पतालमा जतिपटक डायलाइसिस गराए पनि एकपटकको दुई हजार पाँच सय रुपैयाँका दरले निःशुल्क सेवा पाउँछन् । यो सेवा दिएबापत सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.